जघन्य अपराधलाई माफी दिनेगरी सरकारले विधेयक ल्यायोः प्रमुख सचेतक गिरी

नेपालभ्युज

जघन्य अपराधलाई माफी दिनेगरी सरकारले विधेयक ल्यायोः प्रमुख सचेतक गिरी

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जघन्य अपराधलाई पनि माफी दिनेगरी विधेयक ल्याएको आरोप लगाएका  छन् ।

सोमवार कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरुको छलफलमा बोल्दै यस्तो बताएका हुन् । उनले सरकारले केही नेपाल ऐन संशोधनको नाममा मुलुकको राजनीतिक प्रणालीप्रति असहमत समूहले गरेको हिंसात्मक गतिविधिबाट शान्तिप्रक्रियामा आउँदा पहिला गरेका सबै अपराधलाई उन्मुक्ति र माफी दिने ऐन ल्याएको आरोप लगाए ।

उनले यस्तो ऐन संशोधनमा ल्याउनुआपत्ति र खेदजनक रहेको भन्दै सरकारलाई यस्तो सोच कहाँबाट आयो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘यति धेरै नेपाल ऐन संशोधनको कुरा गरिरहेका छौं । कुनै भाषाको संशोधन होइन । श्री ५ को सरकार भनेको ठाउँमा नेपाल सरकार लेखाउनको लागि यी ऐन संशोधन हुँदै छैनन् । ६४ वटा भन्दा बढी ऐनहरु संशोधन यसभित्र आए । त्यसले पनि गम्भिर र महत्वपूर्ण छ भन्नेकुरा यसले पनि देखाएको छ ।’

कुन मन्त्रालयबाट कुन ऐन संशोधन गर्न लागिएको हो र किन संशोधन आवश्यक भयो भनेर सधन रुपमा छलफल हुनुपर्नेमा उनले जोड दिए ।

उनले केही नेपाल ऐनलाई संशोधनका विषयमा समितिमा कुनै भाषाको संशोधन गर्न लागेको जस्तो गरी छलफल हुन नहुने बताए । उनले केही नेपाल ऐनलाई संशोधनका लागि आएको विधेयकमा श्री ५ को सरकार भनेको ठाउँमा नेपाल सरकार लेखाउनको लागि यी ऐन संशोधन हुन नलागेको बताए।

उनले यसमा ६४ वटा भन्दा बढी ऐनहरु संशोधन आएको भन्दै गम्भीर रुपमा मन्त्रालयगत छलफल गर्न आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved