माधव नेपालले भने- प्रकाश ज्वाला सूचना अभावमा फस्नुभयो

नेपालभ्युज

माधव नेपालले भने- प्रकाश ज्वाला सूचना अभावमा फस्नुभयो
फाइल तस्वीर

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावका कारण भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गरेका छन् ।

सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमाम बोल्दै अध्यक्ष नेपालले घटनास्थल नजिकै पार्टी केन्द्रीय कमिटी बैठकबाट सरकारी कामको सिलासिलामा बाहिर निस्किएका मन्त्री ज्वालाबारे अन्यथा टिप्पणी गरिरहन आवश्यक्ता नभएको पनि बताए ।

उनले सो घटनालाई आफ्नो पार्टी र सरकारले गम्भीर रुपमा लिएको उल्लेख गर्दै त्यसमा संलग्न दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए ।

अध्यक्ष नेपालले उक्त घटनाका सन्दर्भमा सरोकारवाला सबै निकायले आत्मचिन्तन गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved