लेटरहेड विवाद : कोशीका मुख्यमन्त्रीको नियतै खराब कि लापरबाही ?

तीव्र आलोचना भएपछि कोशीको मुख्यमन्त्री कार्यालयले शुभकामना सन्देश सच्याएको छ ।

नेपालभ्युज

लेटरहेड विवाद : कोशीका मुख्यमन्त्रीको नियतै खराब कि लापरबाही ?

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतबार बिहान एक वक्तव्यमार्फत् गुरुङ समुदायको विशेष पर्व तमु ल्होसारको उपलक्ष्यमा शुभकामना व्यक्त गरे । उनले नेपाल बहुधार्मिक एवम् बहुसाँस्कृति मुलुक भएको बताउँदै तमु ल्होसारले आम नेपालीबीच भातृत्व र एकताको भावना बढाउने विश्वास पनि व्यक्त गरे ।

तर उनले शुभकामना व्यक्त गरेको मुख्यमन्त्रीको लेटरहेडमा भने प्रदेशको नाम उल्लेख गरिएको छ । लेटरहेडको दाइनेतिर ‘मुख्यमन्त्री’ लेखेर स्वस्तिक छापको चिह्न राखिएको छ भने दाइतिर ‘विराटनगर नेपाल’ लेखिएको छ । र शुभकामनाको व्यहोरा लेखेर पिँधमा मुख्यमन्त्रीको नाम र हस्ताक्षर छ ।

यसरी प्रदेशको नाम उल्लेखै नगरी शुभकामना दिएसँगै कोशीका मुख्यमन्त्री केदार कार्की विवादमा मुछिए। नियोजितरुपमा प्रदेशको नाम नलेखेको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भयो ।

कतिपयले प्रश्न गरे– आफू त्यही बहुमतले प्रदेशको मुख्यमन्त्री हुने अनि त्यही प्रदेशसभाबाट बहुमतले पारित भएको प्रदेशको नामलाई मुख्यमन्त्रीले नै अस्वीकार गर्न मिल्छ ?

यसरी तीव्र आलोचना भएपछि कोशीको मुख्यमन्त्री कार्यालयले शुभकामना सन्देश सच्याएको छ । ‘तमु ल्होसारको अवसरमा माननीय मुख्यमन्त्रीज्यूले जारी गर्नुभएको शुभकामना सन्देशमा कोशी प्रदेश छुट्न गएकोमा सच्याइएको छ’ भन्दै मुख्यमन्त्री कार्यालयले फेरि प्रदेशको नाम राखेर सन्देश जारी गरेको छ ।

कोशीमा प्रदेशको नामाकरणका विषयमा विवाद छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved