केदार कार्की कुन प्रदेशका मुख्यमन्त्री हुन् ?

नेपालभ्युज

केदार कार्की कुन प्रदेशका मुख्यमन्त्री हुन् ?

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई आफू कोशी प्रदेशको सरकार प्रमुख भन्न किन संकोच लागेको होला ? सर्वत्र प्रश्न उठेको छ । कार्कीले बेनामे प्रदेशको लेटर हेडमा ल्होसारको शुभकामना सन्देश जारी गरेसँगै उनको नियतमाथि सर्वसाधारणले शंका गरेका छन् ।

उनले जारी गरेको सन्देशमा आफूलाई मुख्यमन्त्री भनेर चिनाए पनि प्रदेशको नाम भने खुलाउन सकेका छैनन् ।

कोशी प्रदेशका बहुमत सदस्यले नामाकरण गरेको प्रदेशको नाम सरकारी लेटरहेडमा नराखेर कार्कीले कोशी प्रदेशलाई बेनामे बनाएका छन् ।

कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलन र विरोधलाई राजनीतिक सहमतिबाट टुंगोमा पुर्याउने अवस्था रहँदारहँदै मुख्यमन्त्री कार्कीले सरकारी कागजातमा प्रदेशको नाम नै हटाएर गैरजिम्मवार भूमिका देखाएका छन् ।

बहुमत सदस्यले कोशी प्रदेशको नाम जुराए जस्तै कार्की पनि कोशीका बहुमत सदस्यबाट निर्वाचित मुख्यमन्त्री हुन् । कार्कीले सरकारी लेटरहेडमा प्रदेशको नाम उल्लेख नगर्ने हो भने मुख्यमन्त्रीको कुर्सीमा बस्ने योग्यता र नैतिकता दुवै गुमाउने छन् ।

हेर्नुहोस् उनले जारी गरेको लेटरहेड


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved