सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित 

नेपालभ्युज

सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित 

काठमाडौं । सफ्टवेरिका कलेज अफ आइटी एन्ड ईकमर्सले बिहीबार काठमाडौंमा आयोजना गरेको दीक्षान्त समारोहमा २४८ जना विद्यार्थीलाई दीक्षित गरेको छ ।

सफ्टवेरिका कलेजले करिब डेढ दशकदेखि बेलायतस्थित कोभेन्ट्री विश्व विद्यालयको आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको छ भने यही सन् २०२३ मा कम्प्युटिङ र इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटीमा स्नातक तह उत्तीर्ण गरेका २४८ जना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको हो ।

सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले सबै दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागि शुभकामना दिदैं, यस आइटीको युगमा विद्यार्थीहरूका लागी यो क्षेत्रमा अवसर नै अवसर रहेको बताएका छन् ।

सफ्टवारिका कलेजले आइटी क्षेत्रमा विभिन्न सरकारी र निजी स्तरीय कार्यक्रम आयोजना गर्दै आएको छ र आइटीसम्बन्धी अध्ययन गर्ने  विद्यार्थीहरूले पनि यस्ता प्रतियोगिताहरूमा संलग्न हुन सके उनीहरूको भविष्य अझ राम्रो हुने उनेको भनाइ थियो ।

काम गरेर नै धेरै कुरा सिकिने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले दीक्षित सम्पूर्ण विद्यार्थीलाई आफ्नो क्षेत्रसँग सम्बन्धित जुनसुकै काम पाए पनि त्यसमा आबद्ध हुन आग्रह गरेका छन् ।

सफ्ट्वेरिका कलेज प्रमुख प्रमोद पौडेलले दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागी बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कलेज प्रमुख पौडेलको भनाई अनुसार, “अधिकांश दीक्षित विद्यार्थीले स्नातक अघि नै आफ्नो जागिर सुरु गरिसकेका छन् जुन हाम्रो लागी निकै गौरवको कुरा बताएका थिए।“ यसले हाम्रो सफलता र उपलब्धिको उत्सवलाई थप बलियो बनाएको कुरा बताए ।

यसले नेपालको आईटी उद्योगका लागि पर्याप्त संख्यामा दीक्षित विद्यार्थी उत्पादन गर्ने सफ्टवारिका कलेजको समर्पणलाई प्रतिबिम्बित गर्दछ र उनीहरूलाई व्यापक रूपमा विकसित हुँदै गइरहेको आईटी क्षेत्रमा विश्वव्यापी चुनौतीहरूको सामना गर्न आवश्यक सीपहरू प्रदान गर्ने जस्ता कुरा पौडेलले बताएका थिए ।

काठमाडौंस्थित हायात होटेलमा आयोजना गरिएको उक्त दीक्षान्त समारोहमा विद्यार्थीसँगै अभिभावकसमेत सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved