बालकुमारी प्रदर्शन : झोलामा बोकेको मोबाइलले गोली छेकेर जोगियो एक विद्यार्थीको ज्यान

नेपालभ्युज

बालकुमारी प्रदर्शन : झोलामा बोकेको मोबाइलले गोली छेकेर जोगियो एक विद्यार्थीको ज्यान

काठमाडौं । ललितपुरको बालकुमारीमा प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली मोबाइल फोनले रोकेर एक विद्यार्थीको ज्यान जोगिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएपछि प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रहरीको कुटाईबाट एक जना विद्यार्थीको ज्यान गएको छ, भने एक जना गम्भीर घाइते भएका छन् । एक जना विद्यार्थीतिर प्रहार भएको गोली भने झोलामा रहेको मोबाइलले रोकेको छ ।

सुजनको मृत्युले शोकमा दैलेखको महाबु : ढल्यो ‘विधवा’ आमाको खम्बा, बेसहारा भए भाइबहिनी

गोली लागेपछि झोलामा रहेको मोबाइलमा प्वाल परेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर युवा प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारी उग्र भएपछि प्रहरीले गोली, अश्रुग्यास र लाठी प्रहार गरेको थियो ।

यो पनि पढ्नुहोस :

प्रहरीसँगको झडपमा घाइते भएका अर्का युवकको पनि उपचारका क्रममा मृत्यु

बालकुमारी प्रदर्शन : प्रहरीसँगको झडपमा एक युवाको मृत्यु

बालकुमारीमा मन्त्रीको गाडी जलाएपछि प्रदर्शनकारी एकान्तकुनामा, रिङरोडको यातायात अस्तव्यस्त

मन्त्रीको गाडी जलाएपछि प्रदर्शनकारीमाथि धरपकड तीब्र, दर्जन भन्दा बढी समातिए (फोटो फिचर)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved