प्रहरीसँगको झडपमा घाइते भएका अर्का युवकको पनि उपचारका क्रममा मृत्यु

नेपालभ्युज

प्रहरीसँगको झडपमा घाइते भएका अर्का युवकको पनि उपचारका क्रममा मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपममा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवा र प्रहरीबीच झडप भएको थियो ।

झडपमा घाइते भएका अन्दाजी २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले पुष्टि गरे ।

शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । शाहको घर सुदूरपश्चिम प्रदेश भनिए पनि जिल्ला खुलेको छैन ।

त्यसअघि किस्ट अस्पतालमा दैलेखका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस :

सुजनको मृत्युले शोकमा दैलेखको महाबु : ढल्यो ‘विधवा’ आमाको खम्बा, बेसहारा भए भाइबहिनी

बालकुमारी प्रदर्शन : झोलामा बोकेको मोबाइलले गोली छेकेर जोगियो एक विद्यार्थीको ज्यान

बालकुमारी प्रदर्शन : प्रहरीसँगको झडपमा एक युवाको मृत्यु

बालकुमारीमा मन्त्रीको गाडी जलाएपछि प्रदर्शनकारी एकान्तकुनामा, रिङरोडको यातायात अस्तव्यस्त

मन्त्रीको गाडी जलाएपछि प्रदर्शनकारीमाथि धरपकड तीब्र, दर्जन भन्दा बढी समातिए (फोटो फिचर)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved