बालकुमारीमा मन्त्रीको गाडी जलाएपछि प्रदर्शनकारी एकान्तकुनामा, रिङरोडको यातायात अस्तव्यस्त

नेपालभ्युज

बालकुमारीमा मन्त्रीको गाडी जलाएपछि प्रदर्शनकारी एकान्तकुनामा, रिङरोडको यातायात अस्तव्यस्त

काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएपछि प्रदर्शनकारीलाई प्रहरीले लखेटेर एकान्तकुना पुर्‍याएको छ।

शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमाथि आगजनी गरेपछि लखेटिएका प्रदर्शनकारीहरू एकान्तकुना पुगेर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनपछि रिङरोडको सवारी आवागमनमा असर परेको छ । एकान्तकुनादेखि बालकुमारीसम्मको यातायात ठप्प छ।

सो रुट रिङरोड भएकाले सो बाटो भएर यात्रा गर्नेहरूले सास्ती खेपिरहेका छन् । प्रहरीले दर्जन बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले प्रदर्शन गरेका हुन् । आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved