झापामा हात्तीले कुल्चिँदा सुतिरहेका एक जनाको मृत्यु

नेपालभ्युज

झापामा हात्तीले कुल्चिँदा सुतिरहेका एक जनाको मृत्यु
फाइल तस्वीर

काठमाडौं । जंगली हात्तीले आक्रमण गर्दा झापाको शिवसताक्षी नगरपालिकामा एक व्यक्तिको मृत्यु भएको छ । राति आएको हात्तीले घरमा सुतिरहेका ४६ वर्षिय मेघराज राईलाई आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

राती १ बजेतिर अन्न खान घरभित्र पसेको हात्तीले राईलाई कुल्चिएको थियो । घरको कच्ची बेरा भत्काएर हात्ती घर भित्र पसेको प्रहरीले जनाएको छ । पछिल्लो समय हात्तीले झापाका स्थानीयलाई दैनिक दुख दिइरहेको छ ।

हात्तीले बालीनाली सखाप पार्नुका साथै घर भत्काएर भकारीमा राखिएका अन्न खान थालेका छन् । बस्ती पसेका हात्ती धपाउने क्रममा मानव र हात्तीबीचको द्वन्द्व बढ्दै जाँदा मानवीय क्षति पनि बढ्न थालेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved