कतारले भारतका पूर्वनौसेना कर्मचारीको मृत्युदण्ड सजायलाई घटायो

नेपालभ्युज

कतारले भारतका पूर्वनौसेना कर्मचारीको मृत्युदण्ड सजायलाई घटायो

नयाँदिल्ली । कतारले भारतका आठ पूर्वनौसेना कर्मचारीको सजाय घटाएको भारतको विदेश मन्त्रालयले बिहीबार बताएको छ ।

उनीहरूलाई कथितरूपमा इजराइलका लागि जासुसी गरेको आरोपमा गिरफ्तार गरिएको थियो र मृत्युदण्डको सजाय सुनाइएको थियो ।

पूर्वउच्चपदस्थ तथा सम्मानित अधिकारीसमेत रहेका आठ भारतीय नागरिकलाई सन् २०२२ अगस्टमा दोहामा गिरफ्तार गरिएको थियो । गिरफ्तार हुनेमा कुनै बेला युद्धपोतको कमान्ड सम्हाल्ने कप्तान पनि रहेका थिए ।

अक्टोबरमा कतारको अदालतले उनीहरूलाई मृत्युदण्डको सजाय सुनाएकामा आफू ‘स्तब्ध’ भएको भारतले बताएको थियो । बिहीबार विदेश मन्त्रालयले विज्ञप्तिमा थप विवरण उल्लेख नगरी सजाय घटाइएको बताएको छ । कतारले उक्त मुद्दाका बारेमा कुनै टिप्पणी गरेको छैन र आरोपहरू सार्वजनिक गरिएको छैन । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved