कांग्रेसले भन्यो–प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे बाधक बन्दैनौँ

नेपालभ्युज

कांग्रेसले भन्यो–प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे बाधक बन्दैनौँ

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे आफू बाधक नबन्ने स्पष्ट पारेको छ ।

बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता मिनबहादुर विश्वकर्माले गठबन्धनका दलका शीर्ष नेताहरुसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीहरु हेरफेर गर्नसक्ने बताएका हुन् ।

उनले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकाले काम गर्न असहज भए गठबन्धनका दलका शीर्ष नेताहरुसँगको परामर्शबाट गर्नसक्ने स्पष्ट पारे ।

काँग्रेस केन्द्रीय समितिको बिहीबारको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको प्रस्ताव पेस गरेको बताए । प्रस्तावमा पार्टीको सांगठनिक गतिविधि, महासमितिको तयारी, मेलमिलाप दिवस, समुदायमा काँग्रेस कार्यक्रम, मन्त्रालयका कार्य सम्पादन भएका विषयहरुमा मन्त्रीको धारणा सुन्ने र त्यसमाथि छलफल सुरु गर्ने काम भएको बताए ।

उनले बैठकमा राष्ट्रिय सभा सदस्य उम्मेदवार मनोनयन, सांगठनिक विषयलगायतका विभिन्न ५ वटा विषयमा छलफल भएका बताए । आजको बैठकमा पार्टीबाट सहभागी मन्त्रीहरुमध्ये स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफूले सरकारमा गरेका काम कारबाहीबारे जानकारी गराएको र बाँकी मन्त्रीहरुले शुक्रबारको बैठकमा जानकारी गराउने बताए ।

उनले बैठकमा राष्ट्रिय सभामा सदस्यको चयन गर्दा पार्टीले सबैलाई न्याय गरोस् भन्ने धारणा सदस्यहरुले राखेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved