संगठन बिस्तार गर्ने समाजवादी मोर्चाको निर्णय, संयोजक माधव नेपाल नै

नेपालभ्युज

संगठन बिस्तार गर्ने समाजवादी मोर्चाको निर्णय, संयोजक माधव नेपाल नै

काठमाडौं । सत्तारुढ समाजवादी मोर्चाले संगठन विस्तार गर्ने निर्णय गरेको छ । पुस मसान्तसम्म सबै जिल्लामा मोर्चाको संगठन बिस्तार गरिसक्ने र सम्भव भएका जिल्लामा सन्देश सभा गर्ने निर्णय पनि बुधबार बसेको मोर्चाको बैठकले गरेको छ ।

बैठकले मोर्चाको संयोजकमा अहिलेका संयोजक तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

माघको पहिलो हप्तामा अन्तरक्रिया र १६ माघमा शहीद दिवसका अवसरमा पनि कार्यक्रम गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved