एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

यी हुन् एजेण्डा

नेपालभ्युज

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । बैठक बिहान ११ बजे बस्ने छ । तीन दिनसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने बताइएको छ ।

महासचिव घनश्याम भुसालका अनुसार बैठकमा देशभर पार्टी संगठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल हुनेछ । ।

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोक्ने विषय पनि बैठकको एजेण्डा बनेको छ ।

त्यस्तै आसन्न राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उमेदवारको छनोटका लागि मापदण्ड तय गर्ने, संगठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने महासचिव भुसालले बताए ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांठनिक प्रतिवेदन पेस गर्नेछन् । विधान संशोधनका लागि आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने तय भइसकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved