ज्यापु दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- सँस्कृतिको जर्गेना गर्नु सबैको जिम्मेवारी

नेपालभ्युज

ज्यापु दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने- सँस्कृतिको जर्गेना गर्नु सबैको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।

मंगलबार २० औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको सांस्कृतिक परम्परालाई जर्गेना गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका हुन् ।

उनले नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरूको साझा देश भएको उल्लेख गर्दै देशको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदाहरू र सामाजिक बनोट विश्वमै नमुना भएको पनि बताए ।

नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्न र विकासको नयाँ अवधारणासँग अनुकुलित तुल्याउनु पनि राष्ट्रको दायित्व भएको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved