श्रीमतीलाई बिजुलीको पोलमा बाँधेर तीन दिनसम्म कुटेका श्रीमान पक्राउ

नेपालभ्युज

श्रीमतीलाई बिजुलीको पोलमा बाँधेर तीन दिनसम्म कुटेका श्रीमान पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । श्रीमतीलाई बिजुलीको पोलमा बाँधेर तीन दिनसम्म कुटपिट गरेका सन्तोष थापासहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका– ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले कुटपिट गर्ने श्रीमान सन्तोषसहित ७ जनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लेनदेनको विषयमा विवाद हुँदा श्रीमान् सन्तोष थापाले श्रीमती शारदालाई कुटपिट गरेका हुन् ।

आइतबार अपराह्न साढे ४ बजे प्रहरी घटनास्थलमा पुगेर प्रहरीले शारदाको उद्धार गरेको थियो।

कुटपिटबाट शारदाको शरीरमा निलडाम भएका छन् । शारदा आफ्ना छोरासँग काठमाडौंमै बस्दै आएकी थिइन्। उनले श्रीमान सन्तोषसँग डिभोर्स गर्ने तयारी गरिरहेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved