हेटौडामा आइशरको रि–सेल मेला सुरु 

नेपालभ्युज

हेटौडामा आइशरको रि–सेल मेला सुरु 

काठमाडौं । हेटौडामा आइशरको रि–सेल मेला सुरु भएको छ । नेपालका लागि आइशर कमर्सियल भेईकलको एक मात्र आधिकारिक वितरक बतास एम.ए.डब्लू. कमर्सिअल भेईकल प्रा.लि.ले हेटौडामा रि–सेल मेलाको आयोजना गरेको हो ।

आइतबार एक कार्यक्रमकाबिच नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष श्री हिरालाल श्रेष्ठ, नेपाल निर्माण व्यवसायी संघ, मकवानपुरका अध्यक्ष श्री बालगोपाल कंडेल, हेटौडा उप–महानगरपालिका प्रतिनिधि श्री विजय पुडासैनी र बतास एम.ए.डब्लु. प्रा. लि.का तर्फवाट रि–सेल प्रमुख श्री परीक्षण धिमालले संयुक्त रूपमा रिबन काटेर मेलाको औपचारिक उद्घाटन गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले आइशर ट्रकको विशेषता र ग्राहकले रुचाउनुका प्रमुख कारण उल्लेख गर्दै यसको माईलेज विशेष र पावर उत्कृष्ट रहेको जानकारी दिए । यस्तो मेलाले मध्यम वर्गका ग्राहकले पनि सजिलै स्वरोजगार भई आत्मनिर्भर हुन सक्ने उनको विश्वाश छ ।

साथै चालकलाई लक्षित गरी २५ लाख रुपैयाँको आकस्मिक बिमाले थप ऊर्जा दिने समेत उनले बताए । कार्यक्रम पौष ८ गते देखी १० गतेसम्म संचालन हुनेछ ।

आइशरले आफ्ना ग्राहकको आवश्यकतालाई महसुस गर्दै यस्ता किसिमका कार्यक्रम समयसापेक्ष ल्याउने गर्दछ । सोहिकारण नेपालसहित विश्वबजारमा आइशर ग्राहकको पहिले रोजाई बन्दै आइरहेको छ । यसअघि आइशरले आफ्ना ग्राहकलाई लक्षित गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेश इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको थियो ।

क्यासलेश योजनामार्फत दुर्घटना भएको खण्डमा आइशर मोटर्सका गाडीका खरिदकर्ताहरू बतास एम.ए.डब्लूका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बिमा रकम दाबी गर्न सक्नेछन् ।

क्यासलेश इन्स्योरेन्स अन्तर्गत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बिमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ । बाँकी रकम बिमा कम्पनी र बतास एम.ए.डब्लूबीच कारोबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved