जेलबाट छुट्ने दिनमै कैदीको मृत्यु, आफन्त आक्रोशित

नेपालभ्युज

जेलबाट छुट्ने दिनमै कैदीको मृत्यु, आफन्त आक्रोशित
सांकेतिक तस्वीर

विराटनगर । मोरङमा जेलबाट छुट्ने दिनमै कैदीको मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका– १० का चण्डेश्वर सहनीको जेलबाट छुट्ने दिन नै मृत्यु भएको हो ।

कैद भुक्तान अवधि सकिएर सोमबार छुट्ने तयारी भएका सहनीको बिहान ६ बजे मृत्यु भएको हो ।

पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुट्ने दिन नै  मृत्युपछि उनका आफन्त आक्रोशित छन् । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो ।

अदालतले फैसलापछि फरार उनी २०७९ माघ १७ गते कारागार चलान भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved