लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नेपालभ्युज

लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । आठ महिनापछि विस्तार भएको मन्त्रिमण्डलमा लुम्बिनी प्रदेशका दुई नवनियुक्त

मन्त्रीहरूले शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरू सरोज थापा (रोज) र कृष्णा केसी (नमुना)ले शपथ लिएका हुन् ।

आइतबार प्रदेश प्रमुख कार्यालयमा मन्त्रीहरूले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ लिए ।

नेपाली कांग्रेसका सरोज थापा (रोज) उद्योग तथा यातायात मन्त्री बनेका हुन् । त्यस्तै नेकपा माओवादी केन्द्रकी कृष्णा केसी (नमुना) सहरी विकास मन्त्री भएकी छिन् ।

शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएर शनिबार गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved