प्रधानमन्त्री प्रचण्डद्वारा कांग्रेस सभापति र एमाले अध्यक्षसँग छलफल

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफल सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको बताइएको छ ।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डद्वारा कांग्रेस सभापति र एमाले अध्यक्षसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज बिहानै बैठक गरेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफल सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको बताइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा कांग्रेसका मुख्य सचेतक रमेश लेखकसमेत सहभागी भएका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम लामो समयसम्म थाती रहँदा राम्रो सन्देश नगएको भन्दै संक्रमणकालीन न्यायको विषय छिटो टुङ्गो लगाउन प्रस्ताव गरेका थिए ।

एमाले अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुङ्याउन सकारात्मक रहे पनि संक्रमणकालीन न्यायका विषयमा रहेका केही सरोकार सम्बोधन हुनुपर्ने बताएको बालुवाटार स्रोतले जनाएको छ ।

संक्रमणकालीन न्यायको विषय टुङ्गो लगाउन प्रधानमन्त्री प्रचण्डले पछिल्लो पटक सक्रियता बढाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved