प्रधानमन्त्रीले गरे देशकै दोस्रो ठूलो विद्युत् सव स्टेशनको उद्घाटन

डेढ वर्षभित्र शतप्रतिशत नेपालीलाई विद्युतको पहुँचमा पुर्‍याउने प्रतिबद्धता

शुक्रबार सुनसरीको इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उक्त सवस्टेशन उद्घाटन गरेका हुन् ।

नेपालभ्युज

प्रधानमन्त्रीले गरे देशकै दोस्रो ठूलो विद्युत् सव स्टेशनको उद्घाटन

काठमाडौं । नेपाल विद्युत प्राधिकरण इनरुवा सव स्टेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

शुक्रबार सुनसरीको इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उक्त सवस्टेशन उद्घाटन गरेका हुन् ।

४००–२२०–१३२–३३ केभी क्षमताको सवस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अबको डेढ वर्षमा शतप्रतिशत जनतालाई विद्युतको पहँच पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले सरकारले ठूला क्षमताका प्रसारण लाइन जोड्ने अभियान चलिरहेको भन्दै अरुण र तमोरको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सुनसरीको यो सवस्टेशन भारतमा विद्युत बेच्नसमेत मेरुदण्ड बन्न सक्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved