कोशी : सभामुखका लागि राप्रपाले दियो अम्बरबहादुर विष्टको नाम

नेपालभ्युज

कोशी : सभामुखका लागि राप्रपाले दियो अम्बरबहादुर विष्टको नाम

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशको सभामुखका लागि अम्बरबहादुर विष्टको नाम दिएको छ ।

सत्तारूढ गठबन्धनले राप्रपालाई सभामुख लिन आग्रह गरेको थियो । यसपछि राप्रपाले विष्टको नाम दिएको हो ।

यसअघि नेकपा (माओवादी केन्द्र) का सांसद बाबुराम गौतम सभामुख थिए । राजनीतिक सन्तुलन मिलाउन उनलाई गठबन्धनले राजीनामा गराएको थियो । अहिले उनी मन्त्री छन् ।

अब केही नाटकीय राजनीतिक समीकरण फेरबदल नभए विष्ट सभामुख हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved