संसदीय समितिमा प्रधानमन्त्रीको बैचैन र आक्रोशपूर्ण अभिव्यक्ति

नैतिक शिक्षासँगै देशप्रेम हरायो, गंगा दाहालमाथिको आक्रमण व्यवस्थाविरुद्धको हमला

एनसेनको सेयर खरिदबिक्री प्रकरणमा उठेका प्रश्नको जवाफ दिन मंगलबार समिति बैठकमा पुगेका प्रधानमन्त्री प्रचण्ड बेचैन र आक्रोशपूर्ण ढंगमा प्रस्तुत भएका हुन् ।

नेपालभ्युज

संसदीय समितिमा प्रधानमन्त्रीको बैचैन र आक्रोशपूर्ण अभिव्यक्ति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आक्रोशपूर्ण तरिकाले प्रस्तुत भएका छन् । एनसेनको सेयर खरिदबिक्री प्रकरणमा उठेका प्रश्नको जवाफ दिन मंगलबार समिति बैठकमा पुगेका प्रधानमन्त्री प्रचण्ड बेचैन र आक्रोशपूर्ण ढंगमा प्रस्तुत भएका हुन् ।

बैठकमा उनी एनसेल खरिदबिक्री प्रकरण छानिबिन गर्न बनेको समितिको पक्षमा खरो ढंगमा प्रस्तुत भएका हुन् । विगतमा एनसेललाई कर छल्न सहयोग गरेको आरोप लागेका टंकमणि शर्मालाई नै उक्त प्रकरण छानबिनको जिम्मा दिएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले शर्माको बँचाउ गरेका हुन् ।

उनले समिति बैठकमा विद्यालयबाट नैतिक शिक्षा हटाएसँगै देशप्रेमको भाव घट्दै गएकोदेखि आफ्नी स्वकीय सचिव एवम् छोरी गंगा दाहालप्रतिको आलोचना व्यवस्थामाथिकै हमला भएकोसम्म बताए ।

उनले समिति बैठकमा भनेका कुरा संक्षेपमा–

पहिला महालेखा परीक्षणबाट यति बेरुजु भनियो, पछि हटाइयो भनियो । तर त्यो हटाइएको छैन । मंसिर २९ गते महालेखाबाट जारी भएको वक्तव्यमा प्रष्ट भनिएको छ । (पत्र पढेर सुनाउँदै)

प्रश्न त कहिलेकाहीं उठ्छ । तर त्यो तथ्यको जगमा छ कि छैन भन्ने हो । महालेखाको वक्तव्यबाट प्रष्ट हुन्छ कि टंकमणि शर्मा बेरुजु कायम हुनुपर्ने पक्षको हो भन्ने कुरा । त्यसैले यो छानबिनका लागि उहाँ एकदम उपयुक्त पात्र हो ।

म राष्ट्रका लागि जस्तोसुकै मूल्य चुकाउन पनि तयार भएर आएको हो । त्यसैले डराउने कुरा हुँदैन । त्यो समितिमा अर्को एकजना सचिव पनि राखिएको छ । तपाईंहरुले पनि भन्नु भयो नि, त्यो मुद्दा हामीले हारेको भए नेपालले ५७ अर्ब तिर्नुपथ्र्यो । तर फणिन्द्र नेपालको कारण नेपालले जित्यो । उहाँलाई नै समितिमा राखिएको छ ।

सरकारले निष्पक्ष छानबिनका लागि समिति बनाएको हो । यसमा यताउता हुँदैन । म प्रष्ट पार्न चाहन्छु । दुबइमा छु भनेर सुख पाइन्छ ।

यसमा मैले थाहा पाइनँ त, तपाइँहरुले थाहा पाएको भए भैहाल्थ्यो । कसैलाई थाहै रहेनछ । मिडियाबाट थाहा पाएपछि पहल लिइयो ।

सडकमा व्यवस्थाको विरोध गर्नेहरुकै लहैलहैमा नलागौं ।

मैले चाहेजति काम गर्न पाएको छैन । अझै धेरै भ्रष्टाचारीलाई हान्न मन छ, तर सकेको छैन । अब मलाई पनि अरु जस्तै भनिदिएपछि अब यहाँ कसले आएर गर्छ त ?

म राष्ट्रको नाममा सम्बोधन गर्दैछु । केही नयाँ कुराहरु पनि आउँछन् । केही विषयमा अलि बोल्ड ढंगमा लाग्ने प्रयास गर्दैछु । जनतामा आशा जगाउने गरी बल गरिरहेको छु । यो काम मैले नै गर्नुपर्छ जस्तो लाग्छ ।

देशप्रति निराश भएर विदेश जाने चलन रोक्नुपर्छ ।

नैतिक शिक्षा हटाएसँगै देशको माया पनि हरायो । रोजगारी नभएकाहरु मात्रै विदेश गइरहेका होइनन् । राष्ट्रियभावना नै मर्दै गइरहेको छ । ८० हजार तलब खाने शिक्षक ८० लाख तिरेर किन विदेश गएका हुन्रु राष्ट्र प्रेम मर्दै गएको छ ।

जे जे भए पनि एनसेलले कर तिर्नै पर्छ । यहाँ जालझेल नै भएको छ । नियत खाराबै छ । १४३ अर्बलाई ६ अर्बमा बिक्री गर्ने कुरा हुनै सक्दैन ।

मेरो परिवारमा अब तीन जना सदस्यमात्रै बाकी छन् । एउटा छोरी रेणु दाहाल चितवन महानगरपालिकाको मेयर छन् । अर्को छोरी मेरो सचिवालयमा काम गरिरहेको छ । त्यो बिचरा कस्तो छ, सबैलाई नै थाहा छ । उसलाई जोडेर कहिले उचालिएको छ, कहिले पछारिएको छ । यो लोकतान्त्रिक व्यवस्थाविरुद्धको हमला हो ।

प्रचण्डलाई हमला गरेर नपछारेसम्म यो व्यवस्था उल्टिँदैन भनेर मेरोविरुद्ध लागिपरेका छन् । केलाई चलाएर के भने जस्तो, मैले किन चलाउनु रु मलाई थाहा छ, चुप लागेको हो । यहा समितिमा प्रश्न उठेकोले जवाफ दिएको हो ।

एनसेलका सञ्चालकबारे मलाई थाहै नभएको होइन, सिंगापुर जाँदा बस्ने त्यतै हो । मेरी श्रीमतीको उपचारका लागि जाँदा पनि त्यहीं बसेको हो । शेरबहादुर जी जाँदा पनि बस्ने त्यतै हो । केपी ओली जाँदा पनि बस्नुपर्छ । तर देशविरोधी हुने कुरालाई चिनेजानेको भनेर छाडिँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved