महिला कलाकारको फोटो खिचेर ब्ल्याकमेल गरेपछि ‘पुष्पा’का अभिनेता पक्राउ

नेपालभ्युज

महिला कलाकारको फोटो खिचेर ब्ल्याकमेल गरेपछि ‘पुष्पा’का अभिनेता पक्राउ

हैदरबाद । अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको फिल्म पुष्पाका ‘केशव’ अर्थात् अभिनेता जगदीश प्रताप बंदरीले महिला कलाकारको आत्महत्याको मामिलामा आफ्नो अपराध स्विकारेका छन् ।

जुनियर महिला कलाकारको आत्महत्याको मामिलामा प्रहरीले सोधपुछ गर्ने क्रममा उनको अपराध सार्वजनिक भएको हो ।

महिलाले नोभेम्बर २९ मा आत्महत्या गरेकी थिइन् । यो मामिलाको छानबिनका क्रममा प्रहरीले जगदीशलाई डिसेम्बर ६ मा पक्राउ गरेको थियो ।

सुकुमारको निर्देशनमा बनेको ब्लकबष्टर प्यान इन्डिया एक्सन ड्रामा ‘पुष्पा–द राइज’मा जगदीशले अल्लु अर्जुनको साथी केशवको भूमिका निर्वाह गरेका थिए । यो फिल्ममा उनलाई दर्शकले निकै रुचाएका थिए ।

घटनापछि महिलाका पिताले प्रहरीमा जाहेरी दिए । छानबिनको क्रममा जगदीशले निजी अन्तरङ्ग फोटो देखाएर महिलालाई ब्यलाकमेल गर्ने गरेको खुलासा भएको थियो ।

ब्ल्याकमेल सहन नसकेर महिलाले आत्महत्या गरेकी थिइन् । जगदीशले अर्को व्यक्तिसँग मिलेर लुकेर महिलाको फोटो खिचेका थिए । पक्राउ परेका जगदीशले आफूले गरेको अपराध स्वीकारेको भारतीय संचारमाध्यमले जनाएका छन् । आफूले गलत आशयले महिलाको तस्वीर खिचेको उनले प्रहरीलाई बयानमा भनेका छन् ।

तस्वीर सार्वजनिक गरिदिन्छु भन्दै आफूले महिलालाई धम्क्याएको पनि उनले बताएका थिए । ती महिलालाई जगदीशले एकतर्फी रूपमा प्रेम गर्थे । तर महिला भने अरू कसैको प्रेममा थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved