नेपालले प्रदेश धान्न सक्दैन, खारेज गर्नुपर्छः अध्यक्ष केसी

नेपालभ्युज

नेपालले प्रदेश धान्न सक्दैन, खारेज गर्नुपर्छः अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। मंगलबार बुटवलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरुमात्रै नभइ नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताए । उनले संघीयताका कारणले ८८४ जना सांसद र १३८ जना मन्त्रीहरु पाल्नुपरेको बताए।

उनले सरकारले सेना, प्रहरीको तलब र वृद्धभत्ता दिन नसक्ने भनिरहेको बेलामा यति धेरै सांसद र मन्त्रीहरुलाई कसरी पाल्न सक्छ भन्दै प्रश्न गरे । उनले संघीयता काम नलाग्ने रहेछ भन्नेकुरा सबैले अहिले महसुस गर्न थालेको स्पष्ट पारे । उनले प्रदेश खारेज गरी प्रदेशमा हुने खर्च नगरपालिका र गाउँपालिकामा पठाउनुपर्ने बताए ।

‘लामो समयदेखि नेपाल एकात्मक शासन प्रणालीमा रहेकाले यहाँका नेताहरु, जनभावनाहरु, शासक, प्रशासकहरु सघीयताको पक्षमा मनोवृत्ति नै छैन ।’ उनले भने, ‘अर्थतन्त्र कमजोर छ, संघीय प्रणाली असाध्यै खर्चिलो छ । त्यसकारण भुगोल, शासक, प्रशासक, अर्थतन्त्रको कारणले संघीयता प्रणाली यो मुलुकमा काम नै छैन ।’ संघीयतामा जानका लागि राजनीतिक पार्टीहरुमात्रै दोषी नभएको भन्दै उनले अन्तर्राष्ट्रिय शक्तिले दबाब दिएको बताए ।

‘प्रदेश खारेज गर्नुपर्छ , प्रदेशमा हुने खर्च नगरपालिका र गाउँपालिकामा पठाउनुपर्छ,’ उनले भने,‘संघीय प्रणालीको औचित्य नभएको कुरा व्यवहारले स्पष्ट पारेको छ ।’ अध्यक्ष केसीले नेपालमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved