आजको मौसम यस्तो छ

नेपालभ्युज

आजको मौसम यस्तो छ

काठमाडौं । आज मुलुकका अधिकांस स्थानमा आंशिक बदली रहने छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहान पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

बाकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

विभागका अनुसार दिउसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved