स्वीमिंग पुल–थिएटर–जिम, २६ वर्षका युट्यूबरले बनाए करोडौंको घर

नेपालभ्युज

स्वीमिंग पुल–थिएटर–जिम, २६ वर्षका युट्यूबरले बनाए करोडौंको घर

एजेन्सी । भारतका चर्चित युट्यूबर, अभिनेता तथा बिग बोस ओटीटी कलाकार अभिषेक मल्हान उर्फ फुक्रा इन्सानले २६ वर्षको उमेरमा ठूलै नाम कमाइसकेका छन् ।

अभिषेकले आफ्ना यूट्यूब भिडियो, रियालिटी शो तथा म्यूजिक भिडिओबाट राम्रै कमाई गरिरहेका छन् । अभिषेकले आलिशान महल जस्तो घर बनाएका छन् जो पाँच सय गज एरियामा फैलिएको छ ।

अभिषेकले नयाँ ब्लगमा आफ्नो नयाँ भवनको झलक पनि प्रसशंकलाई देखाइसकेका छन् । उनले घरमा एउटा थिएटर समेत बनाएका छन् ।

उनको घरमा स्वीमिंग पुल, साउना, स्टीमरुम, गेमिंग रुम, जिमदेखि लिएर सबै सुविधा उपलब्ध छन् । घरका बाथरुममा पनि म्यूजिक तथा लाइट सिस्टमलाई अटोमेटिक बनाइएको छ ।

अभिषेकका अनुसार उनले घर बनाउनका लागि पानी जसरी पैसा बगाएको बताए । उनको घरमा दाई निश्चय मल्हान र बुवाआमा बस्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved