अहिलेको शासन व्यवस्था नेपाली समाजको एकताका लागि महत्वपूर्ण छ : राष्ट्रपति

नेपालभ्युज

अहिलेको शासन व्यवस्था नेपाली समाजको एकताका लागि महत्वपूर्ण छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान शासन व्यवस्था विधिधतायुक्त नेपाली समाजको एकताका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहमा बोल्दै उनले जनताको ठूलो त्यागपश्चात यो शासन व्यवस्थाले नेपाली समाजको एकता एवम् समानता लागू गरिहेको बताएका हुन् ।

राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएकाहरुसँग जनता र राष्ट्रको भविष्य पनि जोडिएकाले सोही अनुसारको काम गर्नुपर्ने पनि बताए । राष्ट्र र जनताप्रतिको दायित्व नभुली अघि बढ्न उनले शिक्षित युवाहरुलाई आग्रह पनि गरे ।

राष्ट्रपति पौडेलले सक्षम, सबल र समृद्ध राष्ट्र निर्माणका लागि शिक्षित युवाहरुको भुमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved