मुद्दा ब्युँतिएपछि पल शाह तनावमा, फैसला उल्टिने सम्भावना कति ? (भिडिओ)

११ फागुनमा उच्च अदालत पोखराले सुनाएको फैसला फेरि रुजु गर्न सर्वोच्चले अनुमति दिएपछि अबको फैसला कस्तो आउला भन्ने विषयमा उनी तनावमा परेका हुन् ।

नेपालभ्युज

मुद्दा ब्युँतिएपछि पल शाह तनावमा, फैसला उल्टिने सम्भावना कति ? (भिडिओ)

काठमाडौं । अभिनेता पल शाहको फैसला भइसकेको मुद्दालाई सर्वोच्च अदालतले १० महिनापछि फेरि ब्युँताइदिएपछि उनी तनावमा परेका छन् ।

११ फागुनमा उच्च अदालत पोखराले सुनाएको फैसला फेरि रुजु गर्न सर्वोच्चले अनुमति दिएपछि अबको फैसला कस्तो आउला भन्ने विषयमा उनी तनावमा परेका हुन् ।

एक नाबालिग गायिकाले पल शाहविरुद्ध बलात्कारको मुद्दा दिएकी थिइन् । नवलपुर उच्च अदालतले पललाई बलात्कारमा सफाइ दिँदै यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो ।

साढे दुई वर्ष जेल सजाय दिएको थियो । उक्त फैसलाविरुद्ध वादी र प्रतिवादी दुवै पक्षले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

दुवैको पुनरावेदनलाई एकै ठाउँमा राखेर फैसला गर्दै उच्चले पललाई पूर्ण रूपमा सफाइ दिएको थियो । त्यसपछि जेलमुक्त भएका पल अहिले म्युजिक भिडिओ र फिल्म खेल्न व्यस्त छन् ।

अहिले सर्वोच्चले उनको मुद्दा दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरिएपछि उनलाई तनाव थपिएको छ ।

अब मुद्दा पुनरावेदनको प्रक्रियामा गएकोले सबै छिनोफानो सर्वोच्चले नै गर्ने जानकारहरू बताउँछन् । पक्षबाट सरकारी वकिलले र प्रतिवादीबाट पलका कानुन व्यवसायीले बहस गर्नेछन् ।

दुवै पक्षको बहस, प्रमाणहरूको अध्ययन र मूल्याङ्कन पश्चात् सर्वोच्चले फैसला सुनाउने जानकारहरू बताउँछन् । तर, उच्च अदालतको फैसला उल्टिने सम्भावना न्यून रहेको पल शाहका कानुन व्यवसायीको दाबी छ ।

एक कानुन व्यवसायी भन्छन्, ‘‘कानुनी अधिकारको प्रयोग गरेर सरकारी वकिल कार्यालयले पुनरावेदनको लागि निवेदन दिएको हो । यो औपचारिक प्रक्रिया मात्र हो । ठूलो विषय होइन । पल शाहले डराउनुपर्ने देख्दिन ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved