एकसाता चलेको विवाहपञ्चमी महोत्सव विधिवतरुपमा सम्पन्न

नेपालभ्युज

एकसाता चलेको विवाहपञ्चमी महोत्सव विधिवतरुपमा सम्पन्न

काठमाडौं । सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सव विधिवतरुपमा सम्पन्न भएको छ । जनकपुधामस्थित जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेपछि आइतबार दिउँसो स्वयम्बर सकेर हिजै राति विवाह कार्यक्रम सम्पन्न भएको हो ।

जानकी मन्दिर परिसरमा गएराति रामजानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृति अनुसार सम्पन्न भएको हो । वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरीले रामका बुबा अर्थात् राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले सीताको बुवा अर्थात् राजा जनकको भूमिका निर्वाह गरेका थिए ।

वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरलाई दुलही झैं सिंगारिएको थियो । यस्तै वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिर परिसरमै मण्डप समेत बनाइएको थियो । यस मण्डपमा रामजानकीको वैवाहिक कार्यक्रम भएको हो ।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिमा मनाइने यस महोत्सवको अवसरमा यसपटक जनकपुरधाममा विशेष रौनक बढेको थियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved