तेह्रथुम पुगेर ओलीले भने- पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिब भयो

नेपालभ्युज

तेह्रथुम पुगेर ओलीले भने- पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिब भयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताएका छन् ।

शुक्रबार तेह्रथुममा आयोजित महाकाली–मेची अभियानअन्तर्गत पार्टीको सभालाई सम्बोधन गर्दै उनले नेपाल पहाडी देश भएपनि यसको उचित सदुपयोग गर्न नसकेको बताएका हुन् ।

कृषिको आधुनिकीकरण ,व्यवसायीकीकरण र वैज्ञानिक ढंगले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी रहेको उनको भनाइ थियो । उनले उत्पादनका लागि प्रविधिको प्रयोग गर्न जरुरी रहेकोमा जोड दिए ।

अध्यक्ष ओलीले देशलाई समृद्ध र सुखी बनाउन नेकपा एमालेले प्रयत्न र प्रयास गरिरहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved