आजदेखि फेरि सत्याग्रह सुरु गर्दै डा. गोविन्द केसी

नेपालभ्युज

आजदेखि फेरि सत्याग्रह सुरु गर्दै डा. गोविन्द केसी

काठमाडौं । प्रा.डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । उनले तीन दिनका लागि सत्याग्रह सुरु गर्न लागेका हुन् ।

यसअघि धेरैपटक आफ्ना माग सम्बोधनबारे सरकारले सहमति गरेपनि कार्यान्वयन नगरेकाले दबाबका लागि सत्याग्रह सुरु गर्न लागेको उनले जानकारी दिए । चिकित्सा सुधारका लागि उनले सरकारसँग पटक–पटक माग राख्दै आएका छन् ।

डा. केसीले निःशुल्क पाइने औषधि सुनिश्चित गर्नै, सरकारी अस्पतालमा दरबन्दी थप्नेजस्ता माग राखेका छन् ।

चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउनुपर्ने उनको माग छ । गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने, सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने माग उनले राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved