धनकुटामा ओलीमाथि मुक्का (भिडिओसहित)

महाकाली-मेची सङ्कल्प यात्रामा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार भएको छ ।

नेपालभ्युज

धनकुटामा ओलीमाथि मुक्का (भिडिओसहित)

काठमाडौं । महाकाली-मेची सङ्कल्प यात्रामा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार भएको छ ।

यात्राको क्रममा धनकुटा र भोजपुरको सिमानामा पर्ने लेगुवा पुगेका ओलीमाथि मुक्का प्रहार हो । मुक्का हान्ने व्यक्ति पहिचानवादी नेता महेश राई रहेका छन् ।

ओलीलाई कार्यकर्ताहरूले स्वागत गरिरहेका थिए । त्यही हुलमा मिसिएका राईले ओलीमाथि मुक्का प्रहार गरेका हुन् । यसपछि एमाले कार्यकर्ताहरूले उनलाई लतार्दै हुत्याए ।

धनकुटा ५ महालक्ष्मीका राईले पहिचानको पक्षमा वकालत गर्दै आएका छन् । ओलीमाथि मुक्का प्रहार गरेका उनलाई प्रहरीले पक्राउ गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved