एमालेलाई अवरोध गर्न खोज्ने नौजना पहिचान पक्षधर पक्राउ

नेपालभ्युज

एमालेलाई अवरोध गर्न खोज्ने नौजना पहिचान पक्षधर पक्राउ

काठमाडौं । धनकुटाबाट नौजना पहिचान पक्षधर पक्राउ परेका छन् । नेकपा एमालेको झुलाघाट–चिवाभन्ज्याङ अभियानमा अवरोध पुर्याउन खोजेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

अवरोध गर्न खोजेको आरोपमा प्रहरीले धनकुटा र भोजपुरको सीमवर्ती लेगुवाबाट नौजनालाई पक्राउ गरेको हो ।

नेकपा एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ कोशी प्रदेशमा प्रवेश गरेसँगै पहिचान पक्षधरले यातायात बन्द आह्वान गरेका छन् ।

१५ दिनअघि झुलाघाटबाट सुरू भएको समृद्धिका लागि संकल्प यात्रा भोजपुरबाट धनकुटा प्रवेश गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved