एनएसएल : झापाको पहिलो जित, बुटवल लुम्बिनी पराजित

नेपालभ्युज

एनएसएल : झापाको पहिलो जित, बुटवल लुम्बिनी पराजित

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबलमा झापा एफसीले पहिलो जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा झापाले बुटवल लुम्बिनी एफसीलाई १–० गोलअन्तरले हराउँदै पहिलो जित हासिल गरेको हो।

झापाको लागि जोर्ज पेलाइज सान्चेजले गोल गरे। खेलको ३८ औँ मिनेटमा सान्चेजले झापाको लागि गोल गर्दै झापालाई अग्रता दिलाए। सान्चेजको सो गोल नै निर्णायक बन्न पुग्यो।

यससँगै ६ अंकसहित झापा छैँटौँ स्थानमा उक्लिएको छ। ७ अंक भएको बुटवल भने पाँचौँ स्थानमा यथावत छ।

बुधबार हुने खेलमा वीरगंज यूनाईटेड एफसी  र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved