पहिचानवादीको चेतावनी : पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइ नभए अनिश्चितकाल प्रदेश बन्द गर्छौं

नेपालभ्युज

पहिचानवादीको चेतावनी : पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइ नभए अनिश्चितकाल प्रदेश बन्द गर्छौं

काठमाडौं । कोशीका पहिचानवादीहरुले पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको तत्काल रिहाइ हुनुपर्ने माग गरेका छन् । उनीहरुले आफ्नो माग पूरा नभए अन्तिश्चितकालका लागि प्रदेश बन्दको आह्वान गर्ने चेतावनी दिएका छन् ।

प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले एक विज्ञप्ति जारी गर्र्दै आन्दोलनका क्रममा पक्राउ परेका नेताहरूलाई रिहा नगरे अनिश्चितकालका लागि प्रदेश बन्द गर्ने चेतावनी दिएको हो ।

समितिले पक्राउ परेका नेताहरु गोपाल किराँती, राजेश राई, गन्धमान राई, विजय राई, उदिम राई, विदुर राई, मीना राई, जसपा प्रदेश सदस्य दिनेश राईलगायतको रिहाइको माग गरेका छन् ।

सङ्घर्ष समितिले यही मंसिर २६ र २७ गते घुर्मीदेखि लेगुवा घाटसम्मको मध्यपहाडी लोकमार्ग शान्तिपूर्ण बन्द आह्वान गरेको पनि जनाएको छ ।

समितिले एमालेको झुलाघाट–चिवाभन्ज्याङ यात्रालाई लक्षितगरी आन्दोलका कार्यक्रम तय गरेको छ । एमालेको उक्त कार्यक्रममा अवरोध गर्न खोजेको भन्दै प्रहरीले मंगलबार पहिचानवादी नेताहरुलाई पक्राउ गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved