महिला हिंसाविरुद्धको सोह्र दिने अभियानबीच नै ६२ वटा हिंसा, मधेसमा सबैभन्दा धेरै

नेपालभ्युज

महिला हिंसाविरुद्धको सोह्र दिने अभियानबीच नै ६२ वटा हिंसा, मधेसमा सबैभन्दा धेरै

काठमाडौं । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ६२ वटा महिला तथा बालिकाविरूद्ध हिंसात्मक घटना भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो । बालअधिकारमा १३ बलत्कार, चार यौन दुव्र्यवहार, दुई बेचबिखनका रहेका छन् ।

यस्तै महिला अधिकारमा सात वटा बेचबिखनको प्रयास, पाँच बालत्कार, १३ घरेलु हिंसा, एक यौन दुव्र्यवहार, पाँच बेचबिखनका घटना अनुगमनका क्रममा पाइएको इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ । सबैभन्दा बढी हिंसाका घटना मधेस प्रदेशमा २६ वटा रहेको छ । त्यसपछि बागमती प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ११, गण्डकीमा पाँच, कोशीमा चार, कर्णाली र सुदूरपश्चिममा दुई दुई वटा पाइएको जनाइएको छ ।

नेपालमा यही मङ्सिर ९ गतेदेखि मङ्सिर २४ गतेसम्म ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चिताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाइएको थियो । नेपालमा यस अभियानको थालनी सन २००४ देखि गरिएको हो ।

महिला तथा बालिकाविरूद्ध भएका हिंसात्मक घटनाका आधारमा प्रतिवेदन तयार पारेको इन्सेकले नेपालमा महिलामाथिको हिंसा विगतका वर्षमा भन्दा कम हुँदै आए पनि सन्तोषजनक नभएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved