एमालेको अभियानमा पहिचानवादीको ‘अवरोध प्रयास’, कोशीबाट ८ जना पक्राउ

नेपालभ्युज

एमालेको अभियानमा पहिचानवादीको ‘अवरोध प्रयास’, कोशीबाट ८ जना पक्राउ

काठमाडौं । कोशीमा पहिचानवादीहरुले एमालेको मध्यपहाडी यात्रामा अवरोध गर्न खोजेका छन् । अभियानमा अवरोध पुर्याउने उद्देश्यले रुख काटेर सडक बन्द गराउन खोज्ने ८ जना जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अभियानको क्रममा आज कोशी प्रवेश गर्दैगरेको एमालेलाई रोक्न ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा रुख ढालेर बाटो अवरोध गर्न खोजेका पहिचानवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अहिले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा परिएको छ ।

अभियानका क्रममा आज एमाले अध्यक्ष ओलीले घुर्मी–हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रमलाई अवरोध गर्न पहिचानवादीहरुले बन्दको आव्हान गरेका छन् ।

कोशी प्रदेशको नामाकरणको विषयमा पहिचानवादी र एमालेबीच रस्साकस्सी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved