बालुवाटारमा सत्तागठबन्धनको बैठक, एमालेको संकल्प यात्रा सकिएपछि संसद बोलाउने सहमति

राष्ट्रिय सभा सदस्य उम्मेदवारको भागबण्डाबारे पनि छलफल

नेपालभ्युज

बालुवाटारमा सत्तागठबन्धनको बैठक, एमालेको संकल्प यात्रा सकिएपछि संसद बोलाउने सहमति

काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठक सकिएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी संकल्प यात्रा सकिएपछि संसद बैठक बोलाउने सहमति भएको छ ।

सोमबार बिहान बसेको बैठकमा सत्तागठबन्धन दलका शीर्ष नेताहरू सहभागी थिए । बैठक सदन सञ्चालनमा केन्द्रित भएको बताइएको छ ।

बैठकमा सदनमा थन्किएका विधेयकहरू अघि बढाउने विषयमा पनि छलफल भएको एक नेताले जानकारी दिए ।

त्यस्तै बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन, एनसेल, सुन तस्करीलगायतको विषयमा पनि भएको ती नेताले बताए ।

राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन दलबीच भागबन्डामा पनि करिब मिलेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved