विवाहपञ्चमी उत्सवलाई अन्तर्राष्ट्रियकरण गर्न अन्नबाट कीर्तिमानी प्रतिमा बनाइँदै

विवाहपञ्चमी उत्सवलाई अन्तर्राष्ट्रियकरण गर्न अन्नबाट कीर्तिमानी प्रतिमा बनाइँदै

जनकपुरधाम । मिथिलाञ्चलको उत्सव विवाह पञ्चमीमा ११ हजार स्क्वायर फिटको अन्नबाट भगवान रामजानकीको प्रतिमा बनाउने गर्ने प्रकृया सुरु भएको छ ।

विवाहपञ्चमी महामहोत्सवलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि यो शुभ कार्य गर्न लागिएको वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले बताए ।

अध्यक्ष साहले जनकपुरधाममा सीताराम विवाहपञ्चमीका अवसरमा एक सय दुई क्विन्टल अनाज प्रयोग गरी ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा निर्माण थालिएको बताए । यस प्रतिमा निर्माण गर्नका लागि एक सय दुई क्विन्टल विभिन्न किसिमको अन्न प्रयोग गरीने भएको छ।

जनकपुरधामस्थित रङ्गभूमि मैदान (बाह्र बिघा) मा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा निर्माणको लागि आइतबार साँझदेखि चकले ब्लक बनाउने कार्य सुरु भएको छ ।

प्रत्येक वर्ष जनकपुरधाममा हुने विवाहपञ्चमीको अवसर पारेर धार्मिक ऐतिहासिक सहर जनकपुरधामलाई विश्वभर चिनाउन ११ प्रकारका अन्न प्रयोग गरी २१ लाख २३ हजार रुपियाँको लागतमा रङ्गभूमि मैदान (बाह्र बिघा) रामजानकी प्रतिमा स्थापना गर्न लागिएको अध्यक्ष साहले बताए ।

प्रतिमा निर्माणमा चामल २५ क्विन्टल, गहुँ छ क्विन्टल, सोयाविन छ क्विन्टल, चना १८ क्विन्टल, उरद (मास) को दाल १८ क्विन्टल, चना दाल चार क्विन्टल, अरहर चार क्विन्टल, समुर दाल चार क्विन्टल, मकै तीन क्विन्टल, मुमफली दुई क्विन्टल र मुङ दाल १२ क्विन्टल गरी १२ लाख ६८ हजार रुपियाँको ११ प्रकारका अनाज प्रयोग गरिने श्री सीताराम अनाज प्रतिमा निर्माण समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिए ।

भारतको अयोध्यामा बनाइएको नौ हजार स्क्वायर फिटको रामजानकीको प्रतिमाबाट प्रेरित भएर जनकपुरधाममा पनि त्योभन्दा ठूलो प्रतिमा बनाउन थालिएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले बताए ।
मेयर साहले जनकपुरधाममा पर्यटक भित्र्याउन र जनकपुरधामलाई विश्वसामू चिनाउन प्रतिमा निर्माण गर्नु उत्तम उपाय रहेको बताए । प्रतिमा निर्माणमा प्रयोग हुने अनाजमध्ये ९० प्रतिशत अनाज पुनः काम लाग्ने र १० प्रतिशत अनाज पिसेर गौशालामा गाईवस्तुलाई खुवाउन सकिने निर्माण समितिको सल्लाहकारसमेत रहेका साहको भनाइ छ ।

ऐतिहासिक रङ्गभूमि मैदान बाह्र बिघाको उत्तरी पूर्वी कुनामा बनाइने प्रतिमा ६ इन्च माटो भरेर समतल बनाई करिब तीन कट्ठा क्षेत्रफलमा कार्पेट ओछ्याएर बनाइँदैछ । प्रतिमा निर्माणका लागि अयोध्यामा रामसीताको प्रतिमा बनाई विश्व रेकर्ड बनाएका भारत मध्यप्रदेशका कलाकार सतीश गुर्जरको टोलीले जनकपुरधाम आई काम थालि सकेको निर्माण समितिले जनाएको छ ।

आइतबार सुरु गरिएको प्रतिमा निर्माण चार दिनमा सम्पन्न हुने छ । आगामी बुधबारदेखि नागरिकले प्रतिमा हेर्न सक्ने प्रतिमा निर्माण कलाकार सतीश गुर्जरले बताए । प्रतिमा निर्माणका लागि आवश्यक पर्ने अनाज विभिन्न व्यक्ति र सङ्घ संस्थाले सहयोग गरेका छन् ।

भारत उत्तरप्रदेशको अयोध्यामा १० हजार ८ सय स्कवायर फिटको अन्नबाट मुर्ती बनाई गिनिजबुक अफ वल्र्ड रेर्कडमा दर्ता भएको भन्दै विवाह पञ्चमीमा जनकपुरधाममा ११ हजार स्कवायर फिटमा सो मुर्ती बनाएर विश्व रेकर्ड बनाउदै विवाह पञ्चमीलाई अन्तराष्ट्रिय करण गरिने जनकपुरधामका मेयर मनोज साहले बताए ।

जनकपुरधाम वडा नं. ४ बस्ने रुपेश मिश्रकी छोरी गुनगुन मिश्रले भारतीय आजतक च्यानलमा सो मुर्ती विश्वकिर्तीमान कायम गरेको देखेर जनकपुरधाममा सो भन्दा पनि भव्य र ठुला मुर्ती बनाउनुपर्ने प्रस्तावमा भारतिय कलाकार तथा विज्ञ सतिष गुर्जर सहितको टोली जनकपुरधाम आएर निर्माण कार्य सुरु गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved