बलिउडका ७ धनी गायिका

नेपालभ्युज

बलिउडका ७ धनी गायिका

एजेन्सी । बलिउडका गायक गायिकासँग पनि धन सम्पत्तिको कमी छैन । आज हामी यहाँ बलिउडका सात धनी गायिकाका बारेमा बताउनेछौं ।

तुलसी कुमार भारतकी सबैभन्दा धनी गायिका हुन् । जो एक व्यवसायी समेत हुन् । खबरअनुसार तुलसी कुमारको नेटवर्थ अर्थात शुद्ध कमाई २०० करोड भारतीय रुपैयाँ रहेको छ ।

त्यस्तै श्रेया घोषाल दोस्रो धनी गायिकामा पर्छिन् । उनी १८५ करोड रुपैयाँकी मालिक हुन् । त्यस्तै सुनिधि चौहानको नेटवर्थ लगभग १०० करोड रुपैयाँ रहेको छ ।

चौथो नम्बरमा पर्छिन् गायिका आशा भोसले । उनीसँग करीब ८० करोड भारतीय रुपैयाँको सम्पत्ति रहेको छ ।

अलका याग्निक पनि धनी गायिका मध्ये एकमा पर्छिन् । उनीसँग लगभग ६८ करोड रुपैयाँको सम्पत्ति रहेको छ ।

खबरअनुसार नेहा कक्कडको नेटवर्थ ४० करोड रुपैयाँ बताइएको छ । त्यस्तै सातौं नम्बरमा पर्छिन नीति मोहन । उनको लगभग ३३ करोड रुपैयाँ सम्पत्ति छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved