सिरहामा ट्रयाक्टर दुर्घटना, काका–भतिजको मृत्यु

नेपालभ्युज

सिरहामा ट्रयाक्टर दुर्घटना, काका–भतिजको मृत्यु

काठमाडौं । सिरहामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक घाइते छन् ।

सिरहाको औरही गाउँपालिका २ तुलसीपुरमा स १ त ७४५८ नम्बरको ट्रयाक्टर पल्टिँदा काका–भतिजको मृत्यु भएको हो । मृत्यु हुनेमा ४० वर्षीय सुरेन्द्र यादव र उनका भतिजा ७ वर्षीय चन्दन यादव रहेका छन् । रञ्जन यादव घाइते भएका छन् । पल्टिएको ट्याक्टरको इन्जिनमा च्यापिएर काका–भतिजको मृत्यु भएको हो ।

खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved