‘चाँदनी’मा श्रीदेवीले लगाउन चाहेकी थिइनन् सेतो कपडा

नेपालभ्युज

‘चाँदनी’मा श्रीदेवीले लगाउन चाहेकी थिइनन् सेतो कपडा

एजेन्सी । श्रीदेवी बलिउडकी सुन्दर तथा दमदार अभिनेत्रीमा पर्छिन् । उनी फिल्ममा हरेक भूमिकामा उत्तिकै निपूर्ण मानिन्छिन् । श्रीदेवीको करिअरमा फिल्म ‘चाँदनी’ एकदमै विशेष रह्यो ।

१४ सेप्टेम्बर सन् १९८९ मा रिलिज भएको फिल्म चाँदनीमा श्रीदेवीलाई एकदमै धेरै मन पराइएको थियो । श्रीदेवीलाई यस फिल्ममा सेतो कपडामा पेस गरिएको थियो ।

खासगरी श्रीदेवी सेतो कपडालाई लिएर एकदमै असमन्जसमा थिइन् र उनलाई यो सही लागिरहेको थिएन । निर्देशक यश चोपडाले श्रीदेवीलाई भनेका थिए, निर्देशकको रुपमा मलाई विश्वास गर । यसरी श्रीदेवीले यशको कुरा मानिन् र सधैंका लागि उनको यो लुक आइकोनिक बन्न गयो ।

चाँदनीको चरित्र अहिले पनि दर्शकहरुको मनमस्तिष्कमा बसेको छ । फिल्ममा विनोद खन्ना र ऋषि कपूर पनि मूख्य भूमिका रहेका थिए । अहिले पनि श्रीदेवीको नामसँग यो फिल्म पहिलो नम्बरमै आउने गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved