भन्सार विभागले भन्यो- त्रिभुवन विमानस्थलबाट बरामद धातु विशुद्ध सुन हो

नेपालभ्युज

भन्सार विभागले भन्यो- त्रिभुवन विमानस्थलबाट बरामद धातु विशुद्ध सुन हो

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बरामद धातु विशुद्ध सुन भएको पुष्टि भएको छ । भन्सार कार्यालयले बिहीबार राति त्रिभुवन विमानस्थलबाट बरामद गरेको १४ किलो सुन जस्तो पहेंलो देखिने धातु २४ क्यारेटकै सुन भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको हो ।

भन्सार कार्यालयले उक्त सुनसहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ सुन अर्थात् २४ क्यारेटको रहेको पुष्टि भएको छ ।

बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट उक्त सुन बरामद गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved