आजको मौसम : हुस्सु र कुहिरो, केही ठाँउमा वर्षा

नेपालभ्युज

आजको मौसम : हुस्सु र कुहिरो, केही ठाँउमा वर्षा

काठमाडौं । देशका अधिकांश भेगमा आज घाम नलाग्ने भएको छ । कतिपय स्थानमा वर्षाको सम्भावना छ भने तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेको छ । कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले जाडो बढ्दै गएको छ ।

जाडोबाट जोगिन महाशाखाले आवश्यकत सर्तकता अपनाउन आग्रह गरेको छ । तराईका क्षेत्रमा बिहान लागेको हुस्सु र कुहिरो मध्यान्हपछि हट्दै जाने महाशाखाले जनाएको छ ।

हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने देखिएको छ । पश्चिमी वायुको प्रभावका साथै निम्नचापीय प्रणालीका कारण नेपालको मौसम प्रभावित भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved