मन्त्रिपरिषद् बैठक : रक्षामन्त्रीको अनुपस्थितिमा उपरथी सिग्देल रथीमा बढुवा

नेपालभ्युज

मन्त्रिपरिषद् बैठक :  रक्षामन्त्रीको अनुपस्थितिमा उपरथी सिग्देल रथीमा बढुवा

काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिग्देललाई रथीमा बढुवाका लागि प्रस्ताव ल्याएका थिए ।

रक्षामन्त्री पूर्णबहादुर खड्का विदेशमा रहेको बेला सेनाका उच्च अधिकारीलाई बढुवा गरिएको हो । रक्षामन्त्री खड्का शनिवार स्वदेश फर्किने कार्यक्रम छ । सिग्देललाई रथीमा बढुवाको लागि नेपाली सेनाको बढुवा समितिले रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो ।

नेपाली सेनाका भावी प्रमुखका रूपमा हेरिएका सिग्देलको जन्म मितिसम्बन्धी कागजात विवादास्पद भएका समाचार बाहिरिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved