कौशीमा बज्र कला कुञ्जको ‘बोधि सत्व’ (तस्वीरहरू)

कौशीमा बज्र कला कुञ्जको ‘बोधि सत्व’ (तस्वीरहरू)

काठमाडौं । बज्र कला कुञ्जको प्रस्तुति रहेको सांस्कृतिक नाटक ‘बोधि सत्व’को टेकुस्थित कौशी थिएटरमा मञ्चन सुरु भएको छ।

मंसिर २० गतेदेखि मञ्चन सुरु भएको नाटकमा मानिसले आफ्नो भोग विलास र तृष्णाको लागि अनेकौ राम्रा र नराम्रा काम गरेर अकुत सम्पत्तिको जोहो गर्ने तर वास्तविक र कहिल्यै नाश नहुने सम्पत्ति भन्को वोधिसत्व प्राप्त गर्नु हो भन्ने देखाइएको छ ।

सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्दा जीवन र जगतलाई जसरी सरल भाषामा बुझे, त्यै कुरालाई हामीले पनि बुझ्न सके र लागू गर्न सके सधैं खुशी हुनसक्छौं भन्ने वरपर रहेर नाटक तयार पारिएको छ ।

बज्र कला कुञ्जले यसअघि नामसंगिति, कुमारी र पचली भैरव जस्ता सांस्कृतिक नाटकहरुको समेत मञ्चन गरिसकेको छ।

इँगिहोपो काँईच सुनुवारले नाट्य रूपान्तरण गरेको नाटकलाई चन्द्रमान मुनिकारले लेखन, परिकल्पना तथा निर्देशन गरेका छन्।

बोधि सत्वमा कलाकारहरु सुदनमान मुनिकार, संगिता थापा, नानुमैंया महर्जन, युवाहाङ्ग राई, सृजना शर्मा, अन्जु श्रेष्ठ, अनिसा श्रेष्ठ, अजय लामा, सन्तोष गिरी, नविन काफ्ले र आकाश नेपालीको अभिनय रहेको छ।

काठमाडौं महानगरपालिकाको सहकार्यमा तयार भएको नाटक यही. पुस ४ गतेसम्म हरेक साँझ ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved