विराटनगरमा आगलागी : एक जनाको मृत्यु, चार घाइते

नेपालभ्युज

विराटनगरमा आगलागी : एक जनाको मृत्यु, चार घाइते
सांकेतिक तस्वीर

विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

बुधबार विराटनगर महानगरपालिका–७ मा रहेको कवाडी गोदाममा आगलागी भएको हो ।

आगलागीमा परेर पाँचजना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

घाइतेहरुको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved