प्रमोद खरेलको नयाँ गीत ‘सोझो थिएँ बाङ्गो बनायौ’मा प्रेम र कृष्णाको अभिनय

नेपालभ्युज

प्रमोद खरेलको नयाँ गीत ‘सोझो थिएँ बाङ्गो बनायौ’मा प्रेम र कृष्णाको अभिनय

काठमाडौं । गायक प्रमोद खरेलको नयाँ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

युवायुवतीको त्रिकोणात्मक प्रेमकथाको विषय समेटिएको ‘सोझो थिएँ बाङ्गो बनायौ, स्वार्थी रहेछौँ नाङ्गो बनायौ’ बोलको गीत मंगलबार युट्युबमा सार्वजनिक भएको हो ।
गीतको भिडिओमा दुई युवा र एक युवती केन्द्रका छन् । भिडिओमा उनीहरुबीचको प्रेम र बिछोडको भाव पोखिएको छ।
गीतमा यज्ञ बिकको शब्द र र संगीत छ। यसको संगीत संयोजन विशाल निरौलाले गरेका हुन्।

बाबुराजा केसी (उज्वल) को निर्देशनमा तयार गीतको भिडिओमा अभिनेता प्रेम थापा र कृष्णा खत्री प्रमुख भूमिकाका छन् । सँगै सुवर्ण दुलालको समेत अभिनय छ।

चक्रबहादुर बरालको छायांकन रहेको भिडिओ कृष्ण फिल्मस् एन्ड एडभटाइजिङमा पोष्टप्रोडक्सन भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved