भ्रष्टाचार प्रकरणमा पक्राउ परेका नेताहरू सेटिङ मिलाएर छुट्ने रविको दाबी

नेपालभ्युज

भ्रष्टाचार प्रकरणमा पक्राउ परेका नेताहरू सेटिङ मिलाएर छुट्ने रविको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विभिन्न भ्रष्टाचार प्रकरणमा पक्राउ परेका नेताहरू सेटिङ मिलाएर छुट्ने दाबी गरेका छन् । पार्टीले मलेसियामा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै रविले यस्तो दाबी गरेका हुन् ।

‘तपाईंहरु हेर्दै जानुहोला अहिले अहिले भ्रष्टाचारको मुद्दामा जेल परेका नेताहरु सेटिङ मिलाएर छुट्नेछन् र फेरि भ्रष्टाचार गर्नेछन्’, उनले भने, ‘अझै पनि तपाईंहरुले चेत्नु भएन भने देश देश पछाडि पर्नेवाला छ । त्यसैले एकचोटि आफ्नो दललाई प्रतिपक्षमा राख्ने हिम्मत गर्नुस् । रास्वपालाई जिताउनुस् !’

लामिछानेले आफ्नो दल नछाडे पनि एकचोटि मत परिवर्तन गर्न कार्यक्रममा सहभागीलाई आग्रह गरेका छन् । कुनै वाद वा विचारको पछि नलागी देशको विकासका लागि रास्वपालाई जिताउनु पर्ने उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved