प्रधानमन्त्री दाहाल स्वदेश फर्किंदै

नेपालभ्युज

प्रधानमन्त्री दाहाल स्वदेश फर्किंदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल यूएईबाट आज स्वदेश फर्किंदै छन् । उनी फ्लाई दुबईको उडानमार्फत् साँझ ६ बजे काठमाडौं अवतरण हुने त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

यूएईको दुबईमा आयोजित जलवायु सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड मंसिर १३ गते दुबई प्रस्थान गरेका थिए ।

कोप सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको भन्दै यस्तो अन्यायपूर्ण अवस्थाको अन्त्य हुनुपर्ने भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।

सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ता पनि गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved